४ चैत्र २०८२, बुधबार

मलाई हदैसम्म दुःख दिएर बद्नाम गर्न खोजियोः रवि लामिछाने

कोलोराडोखबर संवाददाता , August 27th, 2024

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट आफूले ऋण लिएको प्रमाण छ भनेर संसदमा कुर्लने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिन नसकेको टिप्पणी गरेका छन् ।

चितवनको राप्ती नगरपालिकाको डडुवामा आयोजित पार्टी कार्यक्रममा बोल्दै प्रमाण छ भन्नेहरुले अहिलेसम्म दिन नसकेको बताए ।

संलग्नता नभए पनि सहकारी प्रकरण भन्दै हदैसम्म दुःख दिएर आफ्नो बद्नाम गर्न खोजिएको दोहोर्‍याए ।

भ्रष्टाचारको अनुसन्धान र अभियोजनमा हदम्याद स्वीकार्य नहुने दोहोर्‍याउनु भएका सभापति लामिछानेले त्यसविरुद्ध संसदबाटै प्रतिवाद गरिने तर बहुमतको बलमा पेल्ने खोजिए परिणाम नराम्रो हुने चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्