१९ बैशाख २०८३, शनिबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

कोलोराडोखबर संवाददाता , August 23rd, 2024

नेपाल । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्दैछ ।

बैठक पार्टी कार्यालय सानेमामा बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

गत साउन २३ गतेदेखि शुरु भएको कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २८ गतेसम्म बसेर स्थगित भएको थियो ।

कांग्रेसको केन्द्रीय समिति बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेको छ ।

बैठकमा साउन २३ गते २०८० फागुन ७-१० गतेसम्म ललितपुरमा सम्पन्न महासमितिको बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जन सहितका प्रस्तावहरु क्रमशः उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकमा प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्