काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको नवगठित केन्द्रीय समितिको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय तथा पार्टीको संगठनबारे छलफल भइरहेको छ ।
ललितपुरको सानागाउँस्थित थसी बैंक्वेटमा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको सङ्गठनलगायत विषयमा छलफल चलिरहेको सो पार्टीका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए ।
जसपा नेपालको यही साउन ३० गतेसम्म सञ्चालन हुने बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ ।
मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्