नेपाल । नेकपा एमाले स्थायी समिति सदस्य मणिचन्द्र थापाले पार्टी छाडेका छन् ।
थापा गत २०७९ मंसिरमा सम्पन्न आमनिर्वाचनयता निस्क्रिय थिए । थापा एमालेको मिसन ग्रासरुट अभियामना पनि सहभागी थिएनन् ।
थापाले छाडेपछि रिक्त स्थायी समिति सदस्यमा मुकुन्द न्यौपानेलाई मनोनित गरिएको गौतमतले बताए । तत्कालीन नेकपामा विभाजन भएपछि पूर्वमाओवादी पृष्ठभूमिका थापा एमालेमै बसेका थिए ।
एमाले अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति थापा असन्तुष्ट थिए । उनले ओलीको कार्यशैलीको सार्वजनिक रुपमै आलोचना गरेका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्