२९ फाल्गुन २०८२, शुक्रबार

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा संशोधन गर्न जरुरी छः कोइराला

कोलोराडोखबर संवाददाता , July 24th, 2024

नेपाल । नेपाली कांग्रेसका सांसद डा। शेखर कोइरालाले राजनीतिक दलहरूले राम्रोसँग संविधानको अध्ययन नगरेको टिप्पणी गरेका छन् ।

मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै कमी कमजोरीलाई सच्याउन आवश्यक रहेको बताए ।

साथै उनले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा संविधान संशोधन गर्न जरुरी रहेको बताए ।

राजनीतिक स्थायित्वका लागि संविधान संशोधन हुनुपर्ने, निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने, समावेशीलाई कुनै आघात नपुग्ने गरी अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्