नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिर चरित्रका कारण नयाँ गठबन्धन गर्नु परेको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले नयाँ गठबन्धन बनेको चार महिनामा नै अर्को गठबन्धन बन्ने सम्भावना नै नरहेको बताउदै प्रचण्डको अस्थीर चरित्रका कारण नै नयाँ गठबन्धन बनेको बताएका हुन् ।
उनले प्रधानमन्त्री सम्पूर्ण रुपमा अल्पमतमा परेको बताउँदै प्रचण्डले छिटो भन्दा छिटो मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्