२१ फाल्गुन २०८२, बिहीबार

शनिबार असार १५ गते दही चिउरा खाने दिन

कोलोराडोखबर संवाददाता , June 29th, 2024

नेपाल । शनिबार नेपालमा असार १५ गतेलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । धान रोपाइँ गरी खाजाको रूपमा दहीचिउरा खाने चलन छ ।

खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

रोपाइँका क्रममा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

रोपाइँको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही चिउरा खान्छन् । यो वेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्धक मानिन्छ। नेपालको मुख्यबालीको रूपमा रहेको धानबाट बन्ने चिउरा पनि पौष्टिक पदार्थ मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्