नेपाल । नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ ।
जेठ २६ गते शनिबारका लागि तोकिएको निर्वाचनमा मतदान नहुने शुक्रबार साँझ अध्यक्ष विपुल पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने अध्यक्ष पोखरेलले उल्लेख गरेका छन् ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्