७ मंसिर २०८३, सोमबार

एनपीएल ३ को उपाधि सुदूरपश्चिम रोयल्सले जित्यो

कोलोराडोखबर संवाददाता , November 23rd, 2026

नेपाल । नेपाल प्रिमियर लिग (एनपीएल) ३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । शनिबार लुम्बिनी लयान्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि उचालेको हो ।

१५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सका लागि ओपनर जोडीले उत्कृष्ट ब्याटिङ गरे । जर्ज मुन्सीले शतक बनाएका छन् । उनले ५४ बलमा १२५ रन बनाए । विनोद भण्डारी ३० रनमा नटआउट रहे ।

यो सिजन लिग चरण र क्वालिफायर १ मा सुदूरपश्चिम लुम्बिनीसँग पराजित भएको थियो ।

तर लगातार तीनपटक फाइनलमा पुगेको सुदूरपश्चिमले अन्ततः उपाधि जित्यो । गत सिजनमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गरी उपाधि जितेको थियो । एनपीएलको तेस्रो सिजनसम्म आइपुग्दा सुदूरपश्चिम सबैभन्दा सफल टिम बनेको छ ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका थिए ।

पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले ६ विकेटको क्षतिमा १५५ रन बनायो । लुम्बिनीका लागि दीलिप नाथले सर्वाधिक ३९ रन बनाए । यस्तै रोहित पौडेलले ३० रन बनाए भने निरोशन डिकवालाले २८ रनको योगदान दिए । अन्तिममा अली शेखले १२ बलमा २४ रन बनाए ।

सुदूरपश्चिम पहिलो सिजनमा जनकपुर बोल्ट्स र दोस्रो सिजनमा लुम्बिनीसँग फाइनलमा पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्