नेपाल । विश्वकै अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माता कम्पनी एनभिडियाका संस्थापक, अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले बिहीबार पदबाट राजीनामा दिएका छन्।
दुई महिलासँगको विवाहेत्तर सम्बन्ध तथा चिनियाँ गुप्तचर निकायसँग जोडिएको जासुसी विवाद सार्वजनिक भएपछि उनले ३३ वर्ष लामो नेतृत्व यात्राबाट तत्काल लागू हुने गरी राजीनामा दिएका हुन् ।
एनभिडियाको सञ्चालक समितिले हालकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।
हुआङको अप्रत्याशित बहिर्गमनसँगै वालस्ट्रिटमा एनभिडियाको सेयर मूल्य १३ प्रतिशतसम्मले घटेको छ। पछिल्लो केही दिनयता कम्पनीको बजार पुँजीकरणबाट करिब ८ खर्ब अमेरिकी डलर गुमेको छ। वित्तीय विश्लेषक ड्यान इभ्सले यस घटनालाई एनभिडिया र अमेरिकी प्रविधि उद्योगका लागि कालो दिन भनेका छन्।
४० वर्षभन्दा लामो वैवाहिक जीवनमा रहेका ६३ वर्षीय हुआङले सिंगापुरस्थित डेटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्ववरिष्ठ कार्यकारी एलिस हुआङसँग विवाहेत्तर सम्बन्ध रहेको आइतबार स्वीकार गरेका थिए।
अमेरिकी गुप्तचर निकायले एलिसलाई चीनको राज्य सुरक्षा मन्त्रालयको एजेन्ट भएको आरोप लगाएको छ। यद्यपि बेइजिङले जासुसीको आरोप अस्वीकार गरेको छ।
यसैबीच द न्युयोर्क टाइम्सले बुधबार हुआङको आफ्नै कम्पनीकी हेल्थकेयर उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि दोस्रो विवाहेत्तर सम्बन्ध रहेको खुलासा गरेको थियो।
क्यालिफोर्नियाको सान जोसेस्थित एक होटलमा उनीहरूबीचको सम्बन्धको भिडियो प्रमाण बाहिरिएपछि विवाद चुलिएको थियो। कम्पनीको आचारसंहिताले कार्यस्थलमा स्वार्थको द्वन्द्व निम्त्याउने व्यक्तिगत सम्बन्धलाई निषेध गरेको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्