२७ कार्तिक २०८३, शुक्रबार

‘देवकोटाका महाकाव्यमा मिथक’को सडक विमोचन

कोलोराडोखबर संवाददाता , November 13th, 2026

नेपाल । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसर पारेर साहित्यकार बद्रीप्रसाद ढकालद्वारा लिखित अनुसन्धानात्मक कृति ‘देवकोटाका महाकाव्यमा मिथक’को सडक विमोचन गरिएको छ ।

काठमाडौं बागबजारमा सडक विमोचन अभियानको १९औँ शृङ्खलामा उपस्थित साहित्यकारहरूले एकसाथ कृति सार्वजनिक गरे ।

पुस्तकमा महाकवि देवकोटाको ६ वटै महाकाव्यमा प्रयुक्त मिथकको खोज अनुसन्धान गरिएको छ ।

अभियानका संयोजक डा. नवराज रिजालले नेपाली समालोचनाका क्षेत्रमा निरन्तर सक्रिय ढकालले महाकवि देवकोटाका सबै महाकाव्यमा प्रस्तुत मिथकको मिहिन तरिकाले अनुसन्धान र विश्लेषण गरेको बताए ।

भाषा आयोगका सदस्य डा। पुष्करराज भट्टले ढकालको लेखनीको चर्चा गर्दै अरू पनि खोजमूलक कृतिका लागि सुझाव दिए ।

साहित्यकार राजाराम बर्तौलाले महाकवि देवकोटाको सम्झना गर्दै देवकोटाका महाकाव्यमा प्रस्तुत मिथकको खोज महत्वपूर्ण भएको बताए ।

प्रतिक्रिया दिनुहोस्