२३ कार्तिक २०८३, सोमबार

रुकुमपश्चिमको नयाँडाँडा नजिकै जिप दुर्घटना, २ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , November 9th, 2026

नेपाल । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका-५ नयाँडाँडा नजिकै जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार आज बिहान आठबिसकोट ५ को थापाँगाउँबाट सोही वडाको नयाँडाडाँ जाने क्रममा भे १ च ३११२ नम्वरको डबल क्याप जिप दुर्घटना भएको हो ।

प्रहरी नायव उपरीक्षक पौडेलेका अनुसार दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । घाइते मध्य पाँच जनाको अवस्था गम्भीर रहेको छ । अन्य आठ जना घाईतेको अवस्था मध्यम रहेको छ । मृतक र घाइतेको पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्