नेपाल । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसी नियुक्त भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बहालवाला आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्री वालेन्द्र साह बालेनको प्रमुख सुरक्षा सल्लाहकारमा नियुक्त गर्दै अपराध अनुसन्धान विभागमा कार्यरत एआईजी केसीलाई प्रहरीको नेतृत्व सुम्पिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार यो निर्णय कुनै कारबाही नभई नियमित जिम्मेवारी हेरफेर मात्र भएको स्पष्ट पारिएको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्