अमेरिका । अमेरिकामा मङ्गलबार मध्यावधि निर्वाचन हुँदै छ । यो निर्वाचनलाई वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको प्रशासनको लोकप्रियताको मापन वा परीक्षाका रूपमा हेरिएको छ ।
संसद्मा आफ्नो नियन्त्रण कायम राख्न सत्तारूढ रिपब्लिकन पार्टीका लागि यो निर्वाचन निकै चुनौतीपूर्ण मानिएको छ ।
निर्वाचनमा प्रतिनिधि सभा (कङ्ग्रेस) र माथिल्लो सदन ९सिनेट० दुवैमा डेमोक्रेटिक रिपब्लिकन पार्टी र डेमोक्रेटिक पार्टीबिच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । विशेष गरी सिनेटको प्रतिस्पर्धालाई निकै रोचक मानिएको छ ।
यस निर्वाचनमा बढ्दो जीवनयापन खर्च (महँगी) र आर्थिक नीतिलाई मतदाताले प्रमुख मुद्दा बनाएका छन् । निर्वाचन प्रचारप्रसारका क्रममा दुवै पक्षबाट ठुलो धनराशि खर्च गरिएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्