१४ आश्विन २०८३, बुधबार

अस्ट्रेलियास्थित साउथवेस्ट नेप्लिज कम्युनिटीमा चन्द्र ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कोलोराडोखबर संवाददाता , September 30th, 2026

अमेरिका । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यअन्तर्गत नेपालीहरूको बाक्लो बसोबास रहेको दक्षिण–पश्चिम क्षेत्रमा स्थापित साउथवेस्ट नेप्लिज कम्युनिटीको साधारणसभाले चन्द्र ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

सामाजिक क्षेत्रमा क्रियाशील रहेको कम्युनिटीको नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रकाश पौडेल, महासचिवमा विवेक निरौला, कोषाध्यक्षमा हेमा भण्डारी, सचिवमा सुमन न्यौपाने र प्रवक्तामा प्रदीप लामा चुनिएका छन् ।

स्थानीय तहमा नेपाली समाजको उत्थान र प्रवर्द्धनका लागि क्रियाशील संस्थाको केन्द्रीय सदस्यहरूमा सुवान चौलागाईं, वसन्तराज ओझा, पुनम भुसाल आचार्य, सुदन लामा, महेश भट्टराई, विशाल सुवेदी, सन्तोष बन्जाडे, समर ढुंगाना र विनोद पौडेल रहेका छन् । साधारणसभाले नयाँ नेतृत्व चयन गर्नुका साथै दुईवर्षे कार्यकालमा भएका उपलब्धि र चुनौतीका विषयमा समेत विस्तृत छलफल गरेको थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ ९एनआरएनए०का केन्द्रीय उपाध्यक्ष दिनेश पोखरेलले नयाँ नेतृत्वलाई बधाई दिँदै सफलताको शुभकामना व्यक्त गरे । पोखरेलले सिड्नीमा नेपालीहरूको बाक्लो बस्ती रहेको साउथवेस्ट क्षेत्रमा स्थापित यस संस्थाले स्थापनाकालदेखि नै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र आगामी दिनमा अझ प्रभावशाली भूमिकामा देखिने आशा व्यक्त गरे ।

कार्यक्रममा एनआरएनएका कोषाध्यक्ष निजन चौलागाईं, एनआरएनए अभियन्ता विजय पोखरेल, रञ्जितराज वन्त, ओएनएफका नेताहरू रमेश पाण्डे, केशव जोशी, एनएडीएफका पूर्वअध्यक्ष छिरिङ लामा, झापाली समाजका अगुवा भूपाल सिटौला र ग्रेटर सिड्नी नेपाली सेन्टरका अध्यक्ष विष्णु हमाल लगायतले नयाँ नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्