१२ आश्विन २०८३, सोमबार

दशैं-तिहार कप २०२६ को पहिलो दिन कोलोराडो ड्रागन्स र कोलोराडो राइनोज विजयी

कोलोराडोखबर संवाददाता , September 28th, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । कोलोराडोमा बसोबास गर्ने नेपाली समुदायबीच खेलकुद, संस्कृति, मित्रता र आपसी सद्भाव बढाउने उद्देश्यले आयोजना गरिएको ‘दशैं–तिहार कप २०२६’ लेदर बल क्रिकेट प्रतियोगिताको पहिलो दिनको खेलहरू सम्पन्न भएका छन् ।

हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेसन इन्टरनेसन (HHHE) को प्रस्तुतिमा भएको पहिलो दिनको प्रतियोगिता थर्नटन स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न भएको हो । जस अनुसार शनिबार भएका दुई खेलमा कोलोराडो ड्रागन्स र कोलोराडो राइनोजले जित हासिल गरेका छन्।

पहिलो खेलमा कोलोराडो ड्रागन्सले रकी माउन्टेन क्रिकेट क्लब ९आरएमसीसी० लाई ४५ रनले हरायो। ड्रागन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६१ रन बनाएको थियो। जवाफमा आरएमसीसीले २० ओभरमा ९ विकेट गुमाएर ११६ रन मात्र बनाउन सक्यो। ड्रागन्सका बिजय टीले ४८ रन बनाए भने नारायण एनले ४ ओभरमा २६ रन खर्चेर ५ विकेट लिए। आरएमसीसीका सौरभ बीले ५९ रन बनाए।

दोस्रो खेलमा कोलोराडो राइनोजले गोर्खे ब्वाइजलाई १२९ रनले पराजित गर्‍यो। राइनोजले २० ओभरमा ७ विकेट गुमाएर २१२ रन बनायो। सक्रिन डीले ५०, निरोज डीले ४४ र उत्सव पीले ३८ रनको योगदान दिए। जवाफमा गोर्खे ब्वाइज १४।५ ओभरमा ८३ रनमै अलआउट भयो। राइनोजका वासिम एले ३ विकेट लिए।

दुवै खेलसँगै चार टोली सहभागी प्रतियोगिताको सुरुवात भएको छ। अव अन्य खेल आज २७ तरिक र अक्टोबर ३ र ४ तारिखमा सञ्चालन हुनेछन्। प्रतियोगिताको फाइनल खेल अक्टोबर ४ मा शीर्ष दुई टोलीबीच हुनेछ।

प्रतिक्रिया दिनुहोस्