नेपाल । कल्पतरु प्रज्ञा प्रतिष्ठानले मुक्तकीय संवादसंग्रह ‘नवनी संलाप’ सार्वजनिक गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कवि नवराज पुडासैनी ‘ज्योत्स्ना’ र साइप्रसमा रहेकी कवि निर्मलादेवी तिम्सिना ‘कान्छी’बीच सामाजिक सञ्जालमा भएको मुक्तकीय संवादहरूलाई संग्रहका रूपमा प्रकाशित गरिएको हो ।
गोकर्णेश्वर नगरपालिका–६ का वडाध्यक्ष नवराज लामाले कृति सार्वजनिक गर्दै साहित्य समाजको महत्त्वपूर्ण अंग भएको बताए ।
कार्यक्रममा प्राडा कृष्णप्रसाद दाहाल र डा. विदुला घिमिरेले सार्वजनिक कृतिमाथि समीक्षात्मक मन्तव्य राखे । दुवै समीक्षकले कृतिकारहरूले नवीन शैली अपनाएर मुक्तक लेखेको बताए ।
उक्त अवसरमा कृतिकार नवराज पुडासैनीले आफ्नो लेखकीय अवधारणा राखे ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्