नेपाल । त्रिशूली ३ ए को सुरुङमा सानो प्वालबाट हावा पठाउन सुरु गरिएको छ।
गृहमन्त्री सुधन गुरुङले उद्धार टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका र सानो प्वालबाट हावा पठाउन सुरु गरिएको जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले उक्त सानो प्वालबाट हावा पठाउन सुरु गरिसकेका छौँ र अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउने छौँ ।’
त्यहाँ धेरै मानिस फसेका आशंका गरिएको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्