-आरसी रिजाल-
भक्तबहादुर आफ्नो शरीरलाई देशभक्तले राष्ट्रलाई माया गरेझैं गर्छन् । उनको शरीरप्रतिको मोहोदेखि डाहा लागेर त्यसलाई ध्वस्त पार्न थाइराइड ग्रन्थीले सक्दो प्रयास गर्छ। केही नलागेपछि हाडका जोर्नी जोर्निमा हानेर सताउन युरिकएसिडलाई फकाउछ। दुबै जुट्दा पनि भक्तलाई अशक्त तुल्याउन नसकेपछि चिनी रोगले भुल्याउन सक्छ कि ठानेर गुहार्छ्न्। तर भक्तको प्रतीकात्मक शक्तिको अगाडी चिनी आफैं पग्लने स्थितिमा पुग्छ।
त्रिरोग मिल्दा पनि भक्तलाई गलाउन नसग्दा अन्तिम हतियारको रुपमा लम्पसार पर्नसक्ने धनुषटंकारको नेतृत्वमा अघि बढ्ने निधो गगर्छ्न्। भक्तलाई धनुषटंकारको अहंकारले समेत लछारपाटो लाउन सक्तैन। तर उसले आक्रमण फितलो हुनुको कारण पत्ता लगाएर भन्यो — भक्तको शरीरमा नैतिकताको ग्रन्थी रहेछ। जुन ग्रन्थी विश्वका बिरलै मान्छेमा फेलापर्छ। यस्तो ग्रन्थिसंग पौंठेजोरी खेल्न लाग्यौँ भने हामी आफैं स्वाहा हुन्छौं। हाम्रो अस्तित्व मेटिन्छ। भबिस्यमा भक्तले हाम्रो बदनाम गर्न — सिल्लि रोगहरुको ओहिरो बेकारको रोइलो रहेछ भन्दै खिल्ली उडाउन सक्छन् । तसर्थ — ” नरहे बाँस नबजे बासुरी ” भनेझैं सबै रोग मिलेर गठबन्धन गरि भक्तलाई ढाल्ने हो कि ? भन्दै छ्लफलमा जुटेका छ्न् रे!
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्