नेपाल । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले काउन्सिलको अध्यक्षमा शकुन्तला प्रजापति, उपाध्यक्षमा विमलाकुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेको छ ।
नवनियुक्त अध्यक्ष, उपाध्यक्ष तथा रजिस्ट्रारले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथग्रहण गर्नुभयो । शपथसँगै उहाँहरूले काउन्सिलको जिम्मेवारी औपचारिक रूपमा समाल्नुभएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा। विकास देवकोटाले नर्सिङ काउन्सिलले नयाँ पदाधिकारी पाएको जानकारी गराउनुभयो । उहाँले अब नर्सिङ काउन्सिलले नर्सिङ शिक्षा, दर्ता तथा इजाजत प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्