२५ श्रावण २०८३, सोमबार

तेस्रो संस्करणको एनपीएल क्रिकेट कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म हुने

कोलोराडोखबर संवाददाता , August 10th, 2026

नेपाल । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट कार्तिक ९ देखि मङ्सिर ५ गतेसम्म हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार राति सार्वजनिक गरेको मिति अनुसार एनपीएल दसैँ लगत्यै सुरु हुने छ । दसैँको पूर्णिमाको भोलिपल्ट सुरु हुने एनपीएलका लागि सहभागी आठ वटै फ्रेन्चाइज टोलीले अक्सनबाट खेलाडी अनुबन्ध गरिसकेका छन् । टोलीमा विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम जारी रहेको छ ।

एनपीएलमा साविक विजेता लुम्बिनी लायन्स, उपविजेता सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, कर्णाली याक्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, विराटनगर किङ्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्नेछन् । क्यानले मिति तय गरेपनि खेलको तालिका भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्