९ श्रावण २०८३, शनिबार

कथाः देवता

कोलोराडोखबर संवाददाता , July 25th, 2026

-आरसी रिजाल-
डाक्टरले — बुबालाई जँचाउन किन ढिलो गर्नुभएको ? शरीरमा रोग फैलिसकेको छ । तुरुन्त भर्ना गरिहाल्नुस् भने ।

ससुरा स्याहार्न बुहारीले जागिर छोडिन्। छोराले — बुबाको रेखदेख गर्न एउटा मान्छे राखेर तिमिले जागिर नछोड्याभए बेसहुन्थो भने ।

बुहारिले– आमाबाबुको सेवा गर्न पाउनु छोराबुहारीको अहोभाग्य हो। जागिर त पछि पनि पाइन्छ। अरुबाट स्याहार गराउदा बुवाले अपहेलित ठान्न सक्नुहुन्छ भनिन् ।

एक साँझ छोराबुहारीबिच यस्तो कुरा हुन्छ –:

छोरा — डाक्टरले बुबाको मिति बढिमा एकबर्ष तोक्या छ । अब अस्पतालको बेडमा सुताएर खर्च व्यहोर्नु बेकार हुन्छ । हामीले आफ्नो बच्चाको भबिस्य पनि हेर्नुपर्छ।यता सम्पत्ति स्वाहा उता बुबा …………! औषधि लिएर घरमै फर्कौ। भाबिले जति लेखेको छ त्यति भोग्नुहुन्छ भने।

बुहारीले — बुवाले तपाईलाई पढाईलेखाई सक्षम तुल्याउनु भयो। कर्मदिने बाबुलाई पैसासंग नजोड्नुस्। ८/१० लाख मेरो गहना बिक्रीगर्दा र केही लाख मेरो उपदानबाट आउँछ। उहाँले जोडेको सम्पती छोरानातिको लागिमात्र हैन। बुढ्यौली जिबन स्वस्थसंग बित्योस् भनेर पनि हो। एउटा डाक्टरको कुरामात्र सुनेर हुन्न। काठमाडौंको ठूलो अस्पतालमा लैजाउँ।अहिले कस्ताकस्ता प्रबिधिहरु आइसके । तपाईं त संस्कारी बाबुको छोरा । कसरी यस्तो सोच पलायो? मेरो त बुबासंग रगतको नाता होइन । तपाईंसंगको नाताले जोडिएको हुँ। मेरोलागि त ससुरा देवता हुन्।

श्रीमतीको कुराले श्रीमानलाई चसक्क पार्‍यो ।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्