६ श्रावण २०८३, बुधबार

विश्वकपपछि फ्रान्स राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा पूर्व कप्तान जिनेदिन जिदान नियुक्त

कोलोराडोखबर संवाददाता , July 22nd, 2026

नेपाल । फ्रान्स राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा पूर्व कप्तान जिनेदिन जिदान नियुक्त हुनुभएको छ ।

फ्रान्स फुटबल महासङ्घ (एफएफएफ) ले मङ्गलबार टोलीको प्रशिक्षकमा जिदानलाई नियुक्त गरेको हो । दुई पटकको फिफा विश्वकप विजेता फ्रान्स हालै सम्पन्न विश्वकपमा सेमिफाइनलमा स्पेनसँग २–० गोलले पराजित भएको थियो । जिदानलाई फ्रान्सले ६ वर्षको लागि प्रशिक्षक बनाउने सम्झौता समेत गरेको छ ।

सम्झौता अनुसार अब ५४ वर्षीय जिदानले फ्रान्सलाई युइएफए नेसन्स लिग–२०२७, युरोपियन च्याम्पियनसिप–२०२८ र फिफा विश्वकप–२०३० खेलाउनु हुनेछ । जिदानको कप्तानीमा फ्रान्सले सन् २००६ को विश्वकप फाइनल खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्