३१ असार २०८३, बुधबार

स्पेन फ्रान्सलाई २-० गोलले हराउँदै फाइनलमा प्रवेश

कोलोराडोखबर संवाददाता , July 15th, 2026

नेपाल । फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले साविक उपविजेता फ्रान्सलाई २–० गोलले हरायो ।

स्पेनका जितमा स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयर्जाबलले गोल गर्नुभयो । खेलको सुरुवातदेखि नै बल पोसेसन अब्बल राख्दै उत्कृष्ट प्रदर्शन गरेको स्पेनले २२औँ मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो ।

प्राप्त पेनाल्टीलाई ओयर्जाबलले सजिलै सदुपयोग गर्नुभयो । डिबक्सभित्र स्पेनका लामिल यामललाई फ्रान्सका लुकास डिग्नेले फल हानेपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसपछि दोस्रो हाफमा थप लयमा देखिएको स्पेनले ५८औँ मिनेटमा दोस्रो गोल गरेको थियो । पेड्रोले डिबक्स भित्र डानी ओल्मोको पासमा विपक्षी तीन रक्षकलाई छल्दै उत्कृष्ट गोल गर्नुभयो । पेड्रो प्लेयर अफ दि म्याच हुनुभयो ।

स्पेनको दोस्रो गोेलपछि थप निराश देखिएको फ्रान्सको गोल फर्काउने सपना अन्तिमसम्म सफल बन्न सकेन । बल पोसेसनमा कमजोर देखिएको फ्रान्सले लगातार तेस्रो पटक फाइनल पुग्ने अवसर गुमायो ।

जितसँगै स्पेन १६ वर्षपछि फाइनलमा पुगेको हो । सन् २०१० को विजेता स्पेनले फाइनलमा साविक विजेता अर्जेन्टिना र इङ्ल्यान्डबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्