२८ असार २०८३, आईतवार

संविधान संशोधन कार्यदलद्वारा प्रतिवेदन बुझाउने अन्तिम तयारी

कोलोराडोखबर संवाददाता , July 12th, 2026

नेपाल । संविधान संशोधन बहसपत्र तयार गर्न प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले सबैका सुझाव समेटेर प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ ।

सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले उक्त प्रतिवेदन असार मसान्तभित्रै बुझाउने तयारी गरेको हो ।

कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मोहनलाल आचार्यले सबै दलसहित सरोकारवाला निकाय, जनताबाट आएका सुझाव प्राप्त भइसकेकाले प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

स्वदेश तथा विदेशमा रहेका नेपालीबाट प्राप्त भएका ४४ हजार सात सय सुझाव प्रतिवेदनमा राखिएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीलाई यो महिनाको अन्तिमसम्म संविधान संशोधन कार्यदलले प्रतिवेदन बुझाउने उहाँले वचन दिनुभयो ।

कार्यदलमा ८३ दिनसम्म सहभागी भएपछि अचानक कार्यदललाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सामूहिक रूपमा पत्र पठाउँदै आफूहरू दलका तर्फबाट कार्यदलको बैठकमा सहभागी हुन नसक्ने जानकारी २०८३ असार २२ गते गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्