२९ असार २०८३, सोमबार

नर्बेलाई २–१ ले पराजीत गर्दै इङ्गल्याण्ड सेमिफाइनलमा प्रवेश

कोलोराडोखबर संवाददाता , July 12th, 2026

नेपाल । मिडफिल्डर जुड बेलिङ्घमको उत्कृष्ट दुई गोलको मद्दतले नर्वेलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै इङ्गल्याण्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।

मियामी स्टेडियममा भएको निकै रोमाञ्चक क्वाटरफाइनल खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै थॉमस टुचेलको टोलीले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेलको सुरुवाती चरणमा दुवै टोली संयमित देखिए पनि ३६औँ मिनेटमा नर्वेले अग्रता लियो। एर्लिङ हालान्डको प्रहारलाई इङ्गल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले विफल पारे पनि त्यसको लगत्तै एन्ड्रियास श्जेल्डेरुपले क्रसशटमार्फत गोल गर्दै नर्वेलाई १–० को अग्रता दिलाए।

तर, पहिलो हाफको इन्जुरी समयमा जुड बेलिङ्घमले उत्कृष्ट एकल प्रयासमा गोल गर्दै इङ्गल्याण्डलाई खेलमा फर्काए। त्यसको केही बेरमै ह्यारी केनले बललाई जाली चुमाए पनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई अफसाइड घोषित गरिदिएको थियो।

५९औँ मिनेटमा नर्वेका टोर्बजोर्न हेग्गेमले गोल गरे पनि हालान्डले इङ्गल्याण्डका इलियट एन्डरसनलाई फउल गरेको भन्दै उक्त गोललाई मान्यता दिएन। नर्वेका क्रिस्टोफर एजेरको हेड प्रहार क्रसबारमा ठोकिएपछि इङ्गल्याण्ड ठुलो संकटबाट जोगिएको थियो।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयको ९३औँ मिनेटमा मोर्गन रोजर्सको शक्तिशाली प्रहारलाई नर्वेका गोलकिपर न्यल्यान्डले पूर्ण रूपमा नियन्त्रणमा लिन सकेनन्। योसँगै नर्वेको ऐतिहासिक विश्वकप यात्रा क्वाटरफाइनलमै टुङ्गिएको छ।

अब इङ्गल्याण्डले जुलाई १५ मा अटलान्टा स्टेडियममा हुने सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना वा स्विट्जरल्याण्डमध्ये एकको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्