२७ असार २०८३, शनिबार

बेल्जियमलाई २-१ ले हराउँदै स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

कोलोराडोखबर संवाददाता , July 11th, 2026

नेपाल । स्पेन फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन १६ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेरिनोले गोल गर्दे स्पेनलाई सेमिफाइनलमा पुर्याए।

८८औं मिनेटमा पाउ क्युबार्सीले गरेको प्रहार बेल्जियमका गोलकिपरले रोक्दा बल पूर्ण रुपमा नियन्त्रणमा लिन सकेनन् । जसको फाइदा उठाउँदै मिकेल मेरिनोले स्पेनलाई अग्रता दिलाएका थिए ।

त्यसअघि यसअघि खेलको ३०औं मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। तर, त्यसको ११ मिनेटपछि चाल्र्स डे केटलेरले हेडर गोल गर्दा खेल बराबरीमा फर्किएको थियो।

खेलमा स्पेन अधिकांश समय बल पोजिसनमा रह्यो। स्पेनले १६ सर्ट प्रहार गर्दा बेल्जियमले मात्र ५ सर्ट प्रहार गरेको छ। सन् २०१० को विश्वविजेता स्पेन सन् २०१४ मा टोली समूह चरणबाटै बाहिरिएको थियो भने २०१८ र २०२२ मा अन्तिम १६ बाटै घर फर्किएको थियो। यसपटक उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो।

१७औं पटक विश्वकप खेलिरहेको स्पेनको यो तेस्रो सेमिफाइनल यात्रा हो। यसअघि सन् १९५० र २०१० मा सेमिफाइनलमा पुगेको थियो। सन् २०१० मा च्याम्पियन बन्दा १९५० मा भने चौथो बनेको थियो।

अब स्पेनले सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्