२१ असार २०८३, आईतवार

पाराग्वेलाई १-० ले पराजित गर्दै फ्रान्सद्वारा अन्तिम आठमा स्थान सुरक्षित

कोलोराडोखबर संवाददाता , July 5th, 2026

नेपाल । कप्तान केलियन एमबाप्पेको उत्कृष्ट लय कायमै रहँदा फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

फिलाडेल्फिया रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक र कठिन खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्सले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

फ्रान्सको जितमा कप्तान एमबाप्पेले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।

अब सेमिफाइनल प्रवेशका लागि फ्रान्सले जुलाई ९ मा बोस्टन रंगशालामा मोरक्कोको सामना गर्नेछ। मोरक्कोले आयोजक क्यानडालाई हराउँदै यसअघि नै क्वाटरफाइनलमा स्थान बनाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्