२१ असार २०८३, आईतवार

अत्याधिक गर्मीका कारण ग्रेट अमेरिकन स्टेट फेयर

कोलोराडोखबर संवाददाता , July 5th, 2026

अमेरिका । अमेरिकी राष्ट्रिय मलमा आयोजित ग्रेट अमेरिकन स्टेट फेयर स्थानीय समयअनुसार शुक्रबार दिउँसो एक सूचना जारी गरी स्थगित गरिएको जानकारी गराइएको छ ।

अमेरिकी राजधानीमा अत्यधिक गर्मी छाएको छ, जहाँ तापक्रम १०२ डिग्री फरेनहाइटसम्म पुगेको छ र ताप सूचकाङ्क ११० डिग्री फरेनहाइटभन्दा माथि पुगेको छ ।

अभियानको आयोजक फ्रिडम २५० ले एक्समा पोस्ट गर्दै भनेको छ, “चर्को गर्मी मौसमको अवस्थाका कारण महोत्सव पाँच बजेसम्म बन्द रहने छ ।” फ्रिडम २५० ले साँझको कार्यक्रमको तयारी जारी राख्दै भनेको छ, “गर्मीका कारण र सार्वजनिक सुरक्षा अधिकारीसँगको समन्वयमा, ग्रेट अमेरिकन स्टेट फेयर आज ५ः०० बजेसम्म अस्थायीरूपमा बन्द गरिने छ । हाम्रा अतिथि, स्वयंसेवक, कलाकार, विक्रेता र स्टाफको सुरक्षा र कल्याण हाम्रो सर्वोच्च प्राथमिकता हो । दिउँसो पछितिर अवस्था सुधारिने अपेक्षा गरिएको छ र हामी ५ः०० बजेदेखि सबैलाई फेरि स्वागत गर्न उत्सुक छौँ ।”

अमेरिकाको २५० औँ स्वतन्त्रता दिवसको उत्सव अत्यधिक मौसमी अवस्थाले प्रभावित भएको छ । विभिन्न शहरका आयोजकले तीव्र गर्मीको लहरका बिच कार्यक्रम तालिका समायोजन गर्नु परेको छ । फिलाडेल्फियामा शुक्रबारका लागि तय गरिएको परेड अत्यधिक तापक्रमका कारण सुरु हुन केही घण्टा अगाडि नै रद्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्