नेपाल । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन दिनका लागि निजामती कर्मचारीहरूलाई आह्वान गरेको छ ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन पेस गर्न अनुरोध गरेको हो ।
मन्त्रालयले सरुवाका लागि इच्छुक कर्मचारीहरूले अनिवार्य रूपमा उक्त प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गरी अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन पेस गर्नु अनुरोध गरेको छ ।
अनलाइन प्रणालीबाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरुवासम्बन्धी निवेदन उपर कुनै कारबाही नहुने बेहोरा मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्