१६ असार २०८३, मंगलवार

पाराग्वेसँग पराजीत भएपछि जर्मनी विश्वकपबाट बाहिरियो

कोलोराडोखबर संवाददाता , June 30th, 2026

नेपाल । चार पटकको विश्वविजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै पाराग्वे फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।

निर्धारित र थप गरिएको १२० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।

गुस्ताभो अल्फारोको प्रशिक्षणमा रहेको पाराग्वेले बलियो जर्मनीविरुद्ध उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गर्‍यो।

जर्मनीले खेलभरि बल आफ्नो नियन्त्रणमा राखे पनि पाराग्वेको रक्षापंक्तिलाई तोड्न निकै संघर्ष गर्नुपरिरह्यो।

प्रतिक्रिया दिनुहोस्