नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यक रहेको बताएका छन्।
शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले लागुऔषध नियन्त्रणसँगै अन्य महत्वपूर्ण विधेयकहरु संसदमा नल्याए राजनीतिक रुपमा दबाब बढाउनुपर्ने समेत बताए।
सभापति थापाले लागुऔषध दुरुपयोग र अवैध ओसारपसार नियन्त्रणका लागि कानूनी तथा नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनका साथै सुरक्षा निकायको क्षमाता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।
उनले विगतमा बनेका कानुनले संघीय शासन व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय तहबीचको जिम्मेवारी स्पष्ट रूपमा समेट्न नसकेको पनि बताए।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्