नेपाल । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्सले शानदार जित निकालेको छ।
शनिबार बिहान भएको खेलमा फ्रान्सले नर्वेलाई ४–१ गोलअन्तरले हराएको हो । फ्रान्सको जितमा ओस्मान डेम्बेलेले ह्याट्रिक गरे भने एक गोल डिजिरे डुएले थपे।
खेलको पहिलो हाफमै डेम्बेलेले ह्याट्रिक गर्दै फ्रान्सको अग्रता बनाए । उनले ७, २० र ३२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। नर्वेका लागि २१औं मिनेटमा थिलो आस्गार्डले एक गोल फर्काए ।
यता, खेल सकिनै लाग्दा इन्जुरी समयमा डुएले गोल गर्दै फ्रान्सलाई ४–१ को फराकिलो जित दिलाए।
जितसँगै फ्रान्स समूह ‘आई’मा तीन खेल जित्दै ९ अंकसहित समूह विजेता बनेर नकआउट चरणमा स्थान बनायो। नर्वे भने ६ अंकसहित उपविजेता बन्दै नकआउटमा पुग्यो। यसै समूहको अर्को खेलमा सेनेगलले इराकलाई ५–० ले हरायो। ३ अंक जोडेको सेनेगलको पनि नकआउट चरणको सम्भावना कायमै रहेको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्