१२ असार २०८३, शुक्रबार

मेक्सिको, दक्षिण अफ्रिका, आइभोरी कोस्ट, इक्वेडर, नेदरल्याण्ड्स र जापान नकआउट चरणमा प्रवेश

कोलोराडोखबर संवाददाता , June 26th, 2026

नेपाल । फिफा विश्वकपमा आयोजक मेक्सिको अपराजित रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । मेक्सिको सिटी स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा चेकिया (चेक रिपब्लिक) लाई ३–० गोल शानदार जित निकाल्यो । घरेलु मैदान र समर्थकको ठुलो साथ पाएको मेक्सिकोका लागि दोस्रो हाफमा तीन गोल सम्भव भएको हो।

त्यस्तै फिफा विश्वकप २०२६ दक्षिण अफ्रिकाले कोरिया गणतन्त्र (दक्षिण कोरिया) १–० ले हराउँदै नकएउट चरणमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक बनेको यस खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा दक्षिण अफ्रिकाले खेललाई आफ्नो पक्षमा पार्यो। खेलको ६३औं मिनेटमा थापेलो मासेकोले सानदार गोल गर्दै टोलीलाई सुरुवाती र निर्णायक अग्रता दिलाए।

यता, निकोलस पेपेको सानदार दुई गोलको मद्दतले कोट डिभ्वार (आइभोरी कोस्ट) फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ईको अन्तिम खेलमा डेब्युटान्ट टोली कुरासाओमाथि सहज जित निकाल्दै कोट डिभ्वार इतिहासमा पहिलोपटक विश्वकपको नकआउट चरणमा पुग्न सफल भएको हो ।

यसैबीच पहिलोपटक विश्वकप खेलिरहेको कुरासाओको यात्रा भने निराशाजनक हारसँगै यात्रा टुङ्गिएको छ । फिफा विश्वकप अन्तर्गत समूह ई को आफ्नो अन्तिम तथा निर्णायक खेलमा इक्वेडरले बलियो टोली जर्मनीमाथि २–१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको छ। यो ऐतिहासिक जितसँगै इक्वेडर प्रतियोगिताको नकआउट (राउन्ड अफ ३२) मा प्रवेश गरेको छ ।

यता, फिफा विश्वकप २०२६ को समूह एफको आफ्नो अन्तिम खेलमा नेदरल्याण्ड्सले ट्युनिसियालाई ३–१ ले पराजित गर्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । कान्सस सिटी स्टेडियममा भएको यस खेलमा जित निकाल्दै डच टोलीले विश्वकपमा आफ्नो अपराजित यात्रालाई १४ खेल पुर्‍याएको छ।

यसैगरी अमेरिकाको डलास स्टेडियममा भएको रोमाञ्चक खेलमा स्वीडेनसँग १–१ गोलको बराबरी खेल्दै जापान फिफा विश्वकप २०२६ को नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ । समूह चरणको यस महत्त्वपूर्ण खेलबाट १ अंक जोड्दै जापानले अर्को चरणको यात्रा तय गरेको हो। जापानका लागि यो बराबरी खेल नै अर्को चरण पुग्न पर्याप्त रह्यो ।

प्रतिक्रिया दिनुहोस्