१२ असार २०८३, शुक्रबार

शोभा अधिकारीको ‘सफलताका २७ स्वर्णिम सूत्र’ लोकार्पण

कोलोराडोखबर संवाददाता , June 26th, 2026

काठमाडौं । सर्जक शोभा अधिकारीको दोस्रो कृति ‘सफलताका २७ स्वर्णिम सूत्र’ लोकार्पण गरिएको छ । उनको यसअघि एउटा लघुकथाकृति प्रकाशित छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा एलपी भानु शर्मालगायत व्यक्तिहरूले पुस्तक सार्वजनिक गरे ।

कार्यक्रममा लेखक अधिकारीले मानव जीवनमा प्रेरणाको ठूलो अर्थ रहने बताइन् । आफूले यसलाई जीवनको औषधिका रूपमा प्रस्तुत गरेको उनले उल्लेख गरिन् ।

कृतिमाथि समीक्षा गर्दै डा. नवराज खतिवडाले सार्वजनिक पुस्तक प्रेरणादायी भएको बताए । उनले कृतिमा सुधार गर्नुपर्ने विषयबारे पनि बोले ।

कार्यक्रममा एलपी भानु शर्मा, पुष्पराज पौडेल, दयाहाङ राई, शशि थापा पण्डितले आफ्ना विचार राखे ।

पुस्तक शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्