११ असार २०८३, बिहीबार

भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा ठुलो क्षति

कोलोराडोखबर संवाददाता , June 25th, 2026

नेपाल । भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा राजधानी काराकासमा ठुलो क्षति पुगेको छ। भूकम्पका कारण काराकासका कैयौँ भवनहरू भत्किएको बीबीसीले जनाएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणकाअनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको मात्र ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को दोस्रो शक्तिशाली भूकम्प गएको थियो।

भूकम्पको धक्का छिमेकी देश कोलम्बियासम्म महसुस गरिएको थियो ।

स्थानीय समयअनुसार बेलुकी १८ः०४ बजे मोन्टाल्वान क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो, जसको गहिराइ १३.२ किलोमिटर थियो। यसैबीच अर्को धक्काको केन्द्रविन्दु युमारेभन्दा २३ किलोमिटर दक्षिण–पूर्वमा जमिनबाट १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ।

भूकम्पलगत्तै अमेरिकी सुनामी चेतावनी प्रणालीले भेनेजुएला, यूएस भर्जिन आइल्यान्ड्स र ब्रिटिस भर्जिन आइल्यान्ड्सका लागि सुनामीको चेतावनी जारी गरे पनि पछि त्यसलाई रद्द गरिएको छ।

भेनेजुएलाका आन्तरिक मामिला मन्त्री डियोस्दादो काबेलोले सरकारी टेलिभिजन च्यानल ‘भीटीभी’सँग फोनमा कुरा गर्दै देशका धेरै राज्यहरू भूकम्पबाट प्रभावित भएको जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्