१० असार २०८३, बुधबार

पोर्चुगलले उज्बेकिस्ताललाई ५-० ले हरायो, रोनाल्डोले हाने २ गोल

कोलोराडोखबर संवाददाता , June 24th, 2026

नेपाल । पोर्चुगलका भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले फुटबल इतिहासमा अर्को अभूतपूर्व कीर्तिमान कायम गरेका छन्।

जारी फिफा विश्वकप अन्तर्गत समूह केको खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दा रोनाल्डोले दुई गोल गर्दै इतिहास रचेका हुन्।

यो जितसँगै ४१ वर्षीय रोनाल्डो ६ वटा फरक–फरक विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्।

यसअघि उनले अर्जेन्टिनाका लियोनेल मेस्सीसँगै ५ वटा विश्वकपमा गोल गरेको कीर्तिमान साझेदार गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्