७ असार २०८३, आईतवार

नेकपा एमालेसँग तत्काल पार्टी एकताको कुनै पनि सम्भावना छैनः नेपाल

कोलोराडोखबर संवाददाता , June 21st, 2026

नेपाल । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको कुनै पनि सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

शनिबार कोटेश्वरस्थित पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाहिर आएका सतही हल्लाहरूको पछि नलाग्न पार्टी कार्यकर्ता तथा बुद्धिजीवीहरूलाई आग्रह गरे ।

मिडिया र सामाजिक सञ्जालमा आउने कतिपय भ्रामक समाचारले बुद्धिजीवीहरू समेत प्रभावित हुने गरेको भन्दै उनले वस्तुगत राजनीतिक परिस्थितिको गहिरो विश्लेषण गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्