७ असार २०८३, आईतवार

विश्वकप फुटबल प्रतियोगतामा नेदरल्याण्ड, जर्मनी, क्यानडा, ब्राजिल र पाराग्वे विजयी

कोलोराडोखबर संवाददाता , June 21st, 2026

नेपाल । ब्रायन ब्रोबी र कोडी गाक्पोको उत्कृष्ट दुई–दुई गोलको मद्दतले नेदरल्याण्ड्सले स्विडेनमाथि ५–१ को सानदार जित निकाल्दै फिफा विश्वकप २०२६ को समूह एफको शीर्ष स्थानमा उक्लिएक छ । खेल सकिनै लाग्दा ८९औँ मिनेटमा निकै प्रभावशाली देखिएका क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्याण्ड्सलाई ५–१ को फराकिलो जित दिलाए ।

यता, वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका डेनिज उन्दाभले दुई उत्कृष्ट गोल गरेपछि जर्मनी फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा प्रवेश गरेको छ । टोरन्टो स्टेडियममा भएको रोमान्चक खेलमा जर्मनीले आइभोरी कोस्टलाई २–१ ले पाखा लगाउँदै नकआउट चरणको यात्रा तय गरेको हो ।

यसैबीच, विश्वकप फुटबल प्रतियोगता–२०२६ मा नयाँ नायकका रूपमा क्यानडाका जोनाथन डेभिडको उदय भएको छ । डेभिडले ह्याट्रिक गरेपछि शुक्रबार सहआयोजक क्यानडाले एसिया च्याम्पियन कतारलाई ६–० ले नराम्ररी हरायो ।

उता, विश्वकप फुटबलअन्तर्गत समूह ‘सी’को दोस्रो खेलमा हाइटीलाई ३–० गोलअन्तरले हराउँदै ब्राजिल समूहको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार बिहान भएको खेलमा ब्राजिलका म्याथेस कुन्हाले खेलको २३औँ र ३६औँ मिनेटमा गोल गरे भने पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले तेस्रो गोल गरे।

यसैगरी पाराग्वेसँगको हारसँगै टर्की विश्वकपबाट बाहिरिएको छ। समूह ’डी’ अन्तर्गतको दोस्रो खेलमा टर्की १–० ले पराजित भएको हो। पाराग्वेका लागि माटिस गालाराजाले गोल गरेका थिए। उनले ६७ सेकेन्डमा गरेको गोल हालसम्मका खेलहरूमा सबैभन्दा छिटो भएको गोल हो।

प्रतिक्रिया दिनुहोस्