नेपाल । फिफा विश्वकप फुटबल–२०२६ मा अष्ट्रेलियालाई पराजित गर्दै सहआयोजक अमेरिका नकआउट चरण प्रवेश गरेको छ ।
अमेरिकाको सिएटल स्टेडियममा शनिबार बिहान सम्पन्न खेलमा अष्ट्रेलियालाई २–० गोल अन्तरले पराजित गर्दे अमेरिका नकआउट चरण प्रवेश गरेको हो ।
विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो । अमेरिकाको जितमा एलेक्स फ्रिम्यानले एक गोल गरे भने एक गोल उपहार प्राप्त गर्यो ।
खेल शुरूआती ११औँ मिनेटमा अष्ट्रेलियाका क्यामरुन बर्गेसको आत्मघाती गोलमार्फत अमेरिकाले पहिलो अग्रता लियो । अष्ट्रेलियाका डिफेन्डर क्यामरुनले क्लियर गर्ने क्रममा प्रहार गरेको बल आफ्नै गोलपोष्टमा छिर्दा अमेरिकालाई अग्रता लिने अवसर प्राप्त गर्यो ।
त्यसपछि खेलको ४३औँ मिनेटमा अमेरिकाका एलेक्सले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत अमेरिकाले अष्ट्रेलियामाथि २–० गोलअन्तरको जित निकाल्यो ।
यस जितसँगै समूह ‘डी’मा रहेको अमेरिकाले २ खेलबाट ६ अङ्क जोडेको छ । अर्को सहआयोजक मेक्सिको पनि लगातार दुई जितसहित नकआउट चरणमा पुगेको छ । बोस्टन स्टेडियममा शनिबार बिहान भएको खेलमा स्कटल्यान्डलाई १–० ले पराजित गर्दै मोरक्को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्