६ असार २०८३, शनिबार

मेक्सिकोद्वारा दक्षिण कोरिया १-० गोलले पराजित

कोलोराडोखबर संवाददाता , June 20th, 2026

नेपाल । फिफा विश्वकपमा घरेलु टोली मेक्सिकोसँग दक्षिण कोरिया स्तब्ध बनेको छ।

समूह ए अन्तरगत रोमाञ्चक खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० गोलले पराजित गर्‍यो।

ग्वाडालाजारा रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा मेक्सिकोलाई जिताउन लुइस रोमोले गरेको एकमात्र गोल नै निर्णायक बन्यो। उनले ५०औँ मिनेटमा गोल गरे।

खेलको पहिलो हाफ दुवै टोलीले आक्रामक रणनीति अपनाए पनि गोलरहित बराबरीमा सकिएको थियो।

दक्षिण कोरियाको बलियो रक्षापंक्तिलाई तोड्न मेक्सिकोले निकै संघर्ष गर्नुपरेको थियो। तर, दोस्रो हाफ सुरु भएको पाँचौँ मिनेटमै मेक्सिकोले सफलता पायो।

घरेलु समर्थकको साथ पाएको मेक्सिको समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। पराजित दक्षिण कोरिया ३ अंकका साथ दोस्रो स्थानमा छ।

बिहीबार राति भएको यही समूहको अर्को खेलमा दक्षिण अफ्रिका र चेजियाले बराबरी खेल्दै अंक बाँडेका छन्।

प्रतिक्रिया दिनुहोस्