१ असार २०८३, सोमबार

कुरासाओ बिरुद्ध जर्मनी ७-१ ले विजयी, जापान र नेदरल्याण्ड्स २-२ गोलको बराबरी

कोलोराडोखबर संवाददाता , June 15th, 2026

नेपाल । चार पटकको विश्वविजेता जर्मनीले फिफा विश्वकपमा पहिलो पटक डेब्यु गरेको टापु राष्ट्र कुरासाओमाथि ७–१ को भारी गोलअन्तरले सानदार जित दर्ता गरेको छ।

ह्युस्टन स्टेडियममा सम्पन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्रशिक्षक जुलियन नागेल्सम्यानको टोलीले प्रतियोगितामा सुखद सुरुआत गरेको हो।

जर्मनीका लागि काई हाभर्ट्जले दुई गोल गरे भने फेलिक्स नमेचा, निको स्लोटरबेक, जमाल मुसियाला, नथानिएल ब्राउन र डेनिस उन्दाभले एक–एक गोल थपे । कुरासाओका लागि लिभानो कोमेनेन्सियाले एक गोल फर्काए ।

त्यस्तै फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको पहिलो खेलमा एसियाली पावरहाउस जापानले बलियो प्रतिद्वन्द्वी नेदरल्याण्ड्सलाई २–२ गोलको रोमाञ्चक बराबरीमा रोकेको छ।

डलास स्टेडियममा सम्पन्न खेलमा दुई पटक पिछडिएको स्थिति उल्ट्याउँदै जापानले खेलको अन्तिम समयमा महत्त्वपूर्ण अङ्क खोस्न सफल भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै आक्रामक र रोमाञ्चक बनेको थियो।

प्रतिक्रिया दिनुहोस्