३१ जेष्ठ २०८३, आईतवार

ब्राजिल मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकियो

कोलोराडोखबर संवाददाता , June 14th, 2026

नेपाल । फिफा विश्वकपमा ब्राजिल मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकिएको छ।

अमेरिकाको न्यु जर्सी रंगशालामा आज विहान भएको खेलमा ब्राजिल र मोरक्को बीचको खेल बराबरीमा सकिएको हो ।

खेलको २१‍औँ मिनेटमा इस्माइल साइबारीको गोलमार्फत मोरक्कोले अग्रता कायम गरेको थियो । तर, ३२औँ मिनेटमा ब्राजिलका भिनिसियस जुनियरले गोल गर्दै खेललाई बराबरीमा ल्याए । दोस्रो हाफमा भने कुनै पनि गोल हुन सकेन ।

विश्वकप इतिहासमा ब्राजिल र मोरक्कोबीच यो दोस्रो खेल हो । यहि समुहको अर्को खेलमा हाइटी र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार आज बिहान पौने ७ बजे बोस्टनमा शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्