अमेरिका । विश्व फुटबलको महाकुम्भ मेला आउन अब केही दिन मात्र बाँकी छ ।
अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने यो विश्वकप आगामी जेठ २८ गतेदेखि साउन ३ गतेसम्म सञ्चालन हुनेछ ।
२३ औँ संस्करणको विश्वकप फुटबलका खेल अमेरिकाका ११ शहर, मेक्सिकोका ३ शहर र क्यानडाका २ शहरमा हुनेछन् ।
४८ देश १२ समूह
यस पटक कुल ४८ राष्ट्रले विश्वकपमा सहभागिता जनाइरहँदा टोलीलाई १२ समूहमा विभाजन गरिएको छ । जहाँ हरेक समूहमा कुल ४–४ वटा टोली रहेका छन् ।
समूह ’ए’मा आयोजक मेक्सिकोसहित दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिक रहेका छन्। त्यस्तै समूह ’बी’मा आयोजक क्यानडा, बोस्निया हर्जगोभिना, कतार र स्विट्जरल्याण्ड रहेका छन् ।
समूह ’सी’मा ब्राजिल, मोरक्को, हैटी र स्कटल्याण्ड रहँदा समूह ’डी’मा आयोजक अमेरिका, पाराग्वे, अष्ट्रेलिया र टर्की रहेका छन्।
विश्वकप खेल्ने समूह ’इ’मा जर्मनी, कुराकाओ, आइभरी कोस्ट र इक्वेडर रहेका छन् । समूह ’एफ’मा नेदरल्याण्ड्स, जापान, स्वीडेन, र ट्युनिसिया रहेका छन् भने समूह ’जी’मा बेल्जियम, इजिप्ट, इरान र न्युजिल्याण्ड छन् ।
समूह ’आइ’मा साविक उपविजेता फ्रान्स, सेनेगल, इराक र नर्वे छन् । समूह ’जे’मा साविक विजेता अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया र जोर्डन छन्। समूह ’के’मा पोर्चुगल, कंगो, उज्वेकिस्तान र कोलम्बिया रहेका छन् भने समूह ’एल’मा इङ्गल्याण्ड, क्रोएसिया, घाना र पानामा रहेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्