२२ जेष्ठ २०८३, शुक्रबार

परराष्ट्रमन्त्री खनालले शुक्रबारदेखि भारतको औपचारिकमा, स्वदेश फर्कंदै रवि लामिछाने

कोलोराडोखबर संवाददाता , June 5th, 2026

नेपाल । परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबारदेखि भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

आफ्ना भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले भारत भ्रमण गर्न लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गरी परराष्ट्रमन्त्री खनालको औपचारिक भ्रमण शुक्रबारदेखि सुरु भई आइतबार टुङ्गिने जनाएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक भेटवार्ता गर्नुहुने छ । व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्ने छन् ।

उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान अन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबिचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । परराष्ट्रमन्त्री खनाल जेठ २४ गते आइतबार स्वदेश फर्किनुहुने मन्त्रालयले उल्लेख गरेको छ ।

उता, केहीदिन अघिदेखि भारतको औपचारिक भ्रमणमा रहेका सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने आज स्वदेश फर्कंदै छन् ।

प्रतिक्रिया दिनुहोस्