कोलोराडो । तमु प्ये ल्हु अमेरिकाको १२औँ वार्षिक उत्सवको अवसरमा NRNA Colorado Chapter सँगको सहकार्यमा आयोजना “5th TPLA CUP 2025” अन्तर्गत 8 vs 8 Soccer Tournament हुने भएको छ ।
उक्त प्रतियोगिता जुन ६ मा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म हुने जनाइएको छ ।
सहभागिता र एकताका लागि खेलकुद “SPORTS FOR ENGAGEMENT AND UNITY” भन्ने नारासहित हुने उक्त प्रतियोगिताले खेलकुद, सहभागिता, एकता, मित्रता तथा सामुदायिक सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा रहेको छ ।
कोलोराडोको बोल्डरमा हुने उक्त प्रतियोगितामा कोलोवासीहरु सबैको साथ र उत्साहपूर्ण सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्