नेपाल । नेपाली फाइटर रविन्द्र ढाँट रोड टु युएफसीमा विजयी हुनुभएको छ । ढाँट फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै विजेता बन्नुभएको हो ।
विश्व प्रतिष्ठित च्याम्पियनसिप युएफसीको छनोट प्रतियोगितामा उहाँले सोझो जित निकाल्नु भएको हो । ढाँट युएफसीमा विजयी हुने पहिलो नेपाली फाइटर बन्नुभएको छ ।
नेपालका रविन्द्रले दोस्रो राउन्डमा आफ्ना प्रतिद्वन्द्वीलाई भुइँमा ढालेर लगातार मुक्का प्रहार गर्दै ुनकआउटु जित सुनिश्चित गर्नुभएको हो ।
पहिलो राउन्डको सुरुवाती मिनेटमा केही असहज परिस्थितिको सामना गरे पनि उहाँले आक्रामक रक्षा गर्दै प्रतिद्वन्द्वीका हरेक प्रहारको कडा जवाफ फर्काउनुभयो । दोस्रो राउन्डमा ुक्लिन्चु को उत्कृष्ट प्रयोग गर्दै विपक्षाी जोनलाई पूर्णरूपमा दबाबमा राख्नुभयो ।
नेपालको बझाङका फाइटर ढाँटले अब बहुप्रतीक्षित युएफसी सम्झौता प्राप्त गर्नका लागि अझै दुई वटा भिडन्त जित्नुपर्ने छ र ुरोड टु युएफसी सिजन ५ु को ब्यान्टमवेट विधाको ८(फाइटर सम्मिलित ुसिङ्गल(एलिमिनेसनु प्रतियोगिताको च्याम्पियन बन्नुपर्ने छ ।
‘रोड टु युएफसीमा आबद्ध हुनुअघि व्यावसायिक एमएमए ढाँटको नाममा ९ जित र १ हारको कीर्तिमान थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्