-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । नेपाली घरमा NRNA America का अध्यक्ष लगायतका पदाधिकारीहरू संग सम्पन्न भएको विशेष भेटघाट तथा अन्तरकृया कार्यक्रम अत्यन्त सौहार्दपूर्ण, सकारात्मक तथा उपलब्धिमूलक वातावरणमा सम्पन्न भएको छ ।
कार्यक्रममा NRNA America का अध्यक्ष सतेन्द्र शाह, Vice President सुरेन्द्र लौडारी,Treasurer रबिन्द्र उप्रेती, Colorado स्थित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू साथै Colorado रहेका NRNA का केन्द्र र च्याप्टरका पूर्व तथा वर्तमान पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
त्यसैगरी Nepali Ghar का कार्यवाहक अध्यक्ष गंगा चौलागाईं, पूर्व अध्यक्ष जगदीशचन्द्र ढकाल, Facilities Officer पुष्कर बस्नेत, NRNA अमेरीकाका केन्द्रीय पदाधिकारीहरू प्रकाश पाैडेल, संगिता लामिछाने Nepali Ghar BOD दिनेश थापा, आजीवन सदस्य अर्जुन कार्की, मगर संघका अध्यक्ष उपेन्द्र मगर, NRNA Colorado च्याप्टरका अध्यक्ष निमा शेर्पा, चन्द्र गुरूङ, उपाध्यक्ष हरी गुरूङ, पूर्व अध्यक्ष राज ढुंगाना, RMFN का पूर्व अध्यक्ष अर्जुन बगाले लगायत धेरै शुभेच्छुकहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो ।
कार्यक्रमको सहजीकरण Nepali Ghar का Immediate Past President जगदीशचन्द्र ढकालले अत्यन्त सौहार्दपूर्ण ढंगबाट भएको थियो। उनले नेपाली घरको विगत, वर्तमान अवस्था तथा भविष्यको सम्भावनाबारे स्पष्ट धारणा राख्दै समुदायलाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरित गर्नुको साथै NRNA America का पूर्व अध्यक्षहरूबाट विगतमा नेपाली घरप्रति व्यक्त गरिएका प्रतिबद्धता, सहयोगका आश्वासन तथा समुदायप्रतिको दायित्वबारे पनि स्मरण गराउँदै संस्थागत सहकार्यको आवश्यकता औंल्याएका थिए ।
Nepali Ghar का कार्यवाहक अध्यक्षबाट संस्थाको समग्र अवस्था, अहिलेसम्मका उपलब्धि, चुनौती तथा आगामी योजनाहरूका बारेमा आफ्नो धारणा प्रस्तुत भएको थियो।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्