१४ जेष्ठ २०८३, बिहीबार

फिफा विश्वकपका लागि आयोजक अमेरिकी टोलीको घोषणा

कोलोराडोखबर संवाददाता , May 28th, 2026

अमेरिका । आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ का लागि घरेलु टोली अमेरिकाले खेलाडीको घोषणा गरेको छ ।

अमेरिकी प्रशिक्षक प्रशिक्षक मौरिसियो पोचेटिनोले २६ सदस्यीय टोलीको घोषणा गर्नुभएको हो । विश्वकपमा अमेरिका समूह ‘डी’ मा रहेको छ ।

यस समूहमा पाराग्वे, अस्ट्रेलिया र टर्की रहेको छ । आयोजक अमेरिकाले जेठ ३० गते पाराग्वेसँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ ।

गोलरक्षकः क्रिस ब्राडी, म्याट फ्रिज र म्याट टर्नर

रक्षकः म्याक्स आर्फ्स्टेन, सर्जिनो डेस्ट, एलेक्स फ्रिम्यान, मार्क म्याकेन्जी, टिम रिम, क्रिस रिचर्ड्स, एनटनी रोबिन्सन, माइल्स रोबिन्सन, जो स्काली र अस्टन ट्रस्टी

मिडफिल्डरः टायलर एडम्स, सेबास्टियन बेरहाल्टर, वेस्टन म्याककेनी, क्रिस्टियन रोल्डान, ब्रेन्डन आरोनसन, क्रिस्टियन पुलिसिक, जियो रेना, मालिक टिलम्यान, टिम वेआ, अलेजान्द्रो जेन्डेजास

स्ट्राइकरः फोलारिन बालोगुन, रिकार्डो पेपी र हाजी राइट

प्रतिक्रिया दिनुहोस्