१३ जेष्ठ २०८३, बुधबार

तेजप्रकाश श्रेष्ठको कविताकृति ‘जाँगरको कल्पवृक्ष’ प्रकाशित

कोलोराडोखबर संवाददाता , May 27th, 2026

नेपाल । साहित्यकार तेजप्रकाश श्रेष्ठको कविताकृति ‘जाँगरको कल्पवृक्ष’ प्रकाशित भएको छ ।

यसअघि चार कविताकृति र दर्जनौँ विभिन्न विधाका कृति प्रकाशित गरिसकेका श्रेष्ठको यो पाँचौँ कविताकृति हो ।

६५ कविताहरू समेटिएको यस कृतिलाई सुनकोसी वाङ्मय प्रतिष्ठान, काभ्रेपलान्चोकले प्रकाशित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्